कलिलाे उमेरमै दमककी प्रेनुशा एक पछि अर्काे अन्तराष्ट्रिय सेमिनारमा सहभागी हुदै

0
1290

दमक / झापा दमककी प्रेनुशा पाण्डेले थाइलैण्डको सेनिमारमा भाग लिने भएकी छन् ।

पाण्डे बालबालिका सम्बन्धी अभियानमा दक्षिण एशियाकै सद्भावना दुत बनेकी हुन् । दमक ८ की किशोरी प्रेनुसा मंसीरको १० गते देखी  पाँच दिन  थाइलैण्डकाे बैकंकमा हुने बालबालिका सम्बन्धी अन्तराष्ट्रिय फोरममा सहभागि हुन थाइलैण्ड गएकी हुन् । कार्यक्रममा बाल अधिकारकाे बिषयमा बाेल्न र छलफल गर्न २० वटा देशका एक बालक र एक बालिकाले सहभागी जनाउने छन् । प्रेनुसा संगै नेपाल बाट सहभागी हुन काब्रेका प्रसान्त केसी पनि थाइलैण्ड गएका छन् ।

प्रेनुसा पिता प्रेम  पाण्डेका अनुसार प्रेनुसाले सेनिमारमा नेपाली सम्कृती जल्किने पोसाक सहित उपस्थित जनाउने भएकी छन् । उनी भख्खरै १७ देखि १९ अक्टोवरसम्म माल्दिभ्समा भएको सार्कस्तरिय फोरममा सहभागि भएकी थिइन् ।

प्रेनुसा नेपाल सरकार र कन्सोर्टियम नेपालले आयोजना गरेको राष्ट्रिय स्तरको छनौट प्रतियोगितामा देशभरिका प्रतियोगीलाई उछिन्दै दुई वर्षका लागि उनलाई आठ देशको एकल वालिका छनौट गरिएको थियो । दक्षिण एशियामा बालबालिकाहरु बिरुद्ध हुने हिंसा अन्त्य गर्ने अभियानमा नेपालको प्रतिनिधित्व गर्दे आगामी दुई बर्षका लागि उनी छनौटमा परेकी हुन् । बहुप्रतिभाकी धनी प्रेनुसा दमकको झापा मोडल अंग्रेजी मावि ( जेम्स ) कक्षा १० मा अध्ययनरत छिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here