प्रथम सुर्योदय पर्यटन महोत्सव हुदै, प्रचारका लागि साईकल यात्रा

0
672

इलाम, मंसीर ६ / इलामको सुर्योदय नगर पालिकाले प्रथम नगर पर्यटन महोत्सव मनाउने भएको छ ।

सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० को पुर्व सन्ध्यामा आफ्नो नगर भित्र रहेका पर्यटकी क्षेत्रको प्रचारका लागि यही मंसिर १४ गते देखि १८ गते सम्म प्रथम सुर्योदय पर्यटन महोत्सवको आयोजना गरेको छ ।
शुक्रबार सुर्योदय वडा नम्बर १२ को तिनघरे देखी महोत्सव को प्रचारका लागि साईकल यात्रा को १२ नम्बर का वडा अध्यक्ष डोलेन्द्र भारध्वजले साईकल यात्राको उद्घाटन गर्नु भयो ।

बिहान ११ बजे सुरु भएको साईकल यात्रालाई
फिक्कलमा नगरपालिकाकी उप मेयर दुर्गा देवी भट्टराई सहित को टोलीले यात्रामा सहभागी लाई स्वागत गर्नु भएको थियो । स्वागत कार्यक्रममा बोल्दै उपमेयर भट्टराईले नगर भित्र रहेका पर्यटकिय क्षेत्र कन्याम, फिक्कल, श्रीअन्तु, गोर्खे,पशुपति नगर र कर्फोक गरी छ क्षेत्रमा मेलाको आयोजना गरीएको र ति सबै क्षेत्रमा आफ्नो मौलिक कुरा हरु प्रर्दशन, साथै बिभिन्न सास्कृतिक कार्यक्रम हरुको आयोजना गरीएको बताउनु भयो ।

त्यस्तै पशुपति नगरमा वडा नम्बर २ का अध्यक्ष चन्द्र सुब्बा सहितको टोलीले स्वागत गर्नु भएको थियो भने पशुपति नगर देखि भित्री बाटो हुदै साईकल यात्राको टोली मेची बजारमा बजार पुगेको थियो मेची बजारमा वडा ४ का वडा सदस्य उदय लावतीसे स्वागत गर्नु भएको थियो ।

साइकल यात्रीहरु सांझ श्रीअन्तु पुगि सनिबार कन्याम मा फर्किएर समाप्त हुने साईकल यात्री अाकास श्रेष्ठले जानकारी दिनु भयो । साईकल यात्रामा दमक बिर्तामोड, उदयपुर, भोजपुर बाट गरी जम्मा १० जना सहभागी रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here