धान काट्न मेसिनकाे प्रयाेग, किसानहरु हर्षित

0
770

झापागाैरादह/  झापाकाे पश्चिम दक्षिणी क्षेत्रका किसानहरु मेसिन काे सहायता द्वारा धान काट्न ब्यस्त भएका छन्।

कृषिमा बढ्दो अाधुनिकिकरण सँगै धान काट्न पनि मेसिनकाे प्रयाेग गर्न थालेका हुन्। मजदुरकाे तुलनामा मेसिन बाट धान काट्नाले ज्याला तथा समय अत्यन्त कम लाग्ने किसान बताउँछन् । गाैरादह ४ का किसान रुद्र प्रसाद पाैडेलले पाेहाेर साल धान काट्न ५००० रुपैयाँ लागेकाे र यसपालि मेसिनबाट धान काट्दा २४०० मा धान काटिसकेकाे बताउनु हुन्छ ।

मेसिनकाे प्रयाेग बाट धान काट्नाले अाधा रकम बचत हुने र छिटाे समेत हुने गरेकाे अर्का किसान सुकदेब अधिकारी बताउँछन् । दुई चक्के हाते मेसिनले एक घण्टामा ६ देखि ८ कठ्ठा सम्म धान काट्ने र प्रति घण्टा १२०० रुपैयाँ लाग्ने मेसिन संचालक हरि पाेखरेल ले बताउनुभयो । उक्त मेसिनकाे बजार मूल्य एक लाख नब्बे हजार रुपैयाँ पर्ने संचालक पाेखरेल बताउछन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here