दमकमा स्थानीय युवाहरु द्वारा शनिबारको स्कुल सञ्चालन हुदै

0
257

दमक, मंसिर १ / दमक नगरपालिका वडा नम्बर ४ कृष्णमन्दिरमा स्थानीय युवाहरुको लगानीमा शनिबारको स्कुल सन्चालनमा आउने भएको छ ।

हाम्रो फाउन्डेसन प्रा.ली. दर्ता गरेका स्थानीय युवाहरुले शैक्षिक कार्यक्रम र केही ब्यवसायिक कार्यहरुको सुबिधा एकै ठाउँबाट दिने गरि शनिबारको स्कुल सञ्चालन गर्न लागीएको जनाएका छन् । पढाइमा कमजोर भएका तथा सबै खाले बिद्यार्थीहरु लाई मध्यनजर गर्दै प्रत्येक दिन टिउसन कक्षा र साताको शनिबार भने मोटिभेसन कक्षा, उदघोषण कक्षा, व्यक्तित्व तथा नेतृत्व बिकास कक्षा सङ्गै फोटो सुट भिडियो इडिटिङ तथा ग्राफिक्स सङ सम्बन्धित कार्यहरु गर्ने हाम्रो फाउन्डेसन ग्रुपका सदस्य दधिराम ढकालले जानकारी दिनुभयो । स्थानिय आकाश अधिकारी, आशिस न्यौपाने संगको सहकार्यमा हाम्रो फाउन्डेसन सन्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here