धरानमा हुने भनिएको चलचित्र महोत्सव राेकियाे, यस्ताे छ कारण

0
247

धरान / सुनसरीको धरानमा हुने भनिएको चलचित्र महोत्सव निर्वाचन आचारसंहितको कारण स्थगित भएको छ ।

प्रदेश १ सरकारले २९ कात्तिक देखि २ मंसिरसम्म आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निर्वाचन आचारसंहिता धरानमा पनि लागु भएपछि स्थगित गरिएको हो । धरानमा उपनिर्वाचन हुने भएपछि आयोगले जारी गरेको आचारसंहिता लागु भएको छ । स्थगित भएको महोत्सवको मिति भने तय भएको छैन । नयाँ मिति पछि सार्वजनिक गर्ने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले बताउनु भयो । आज एक विज्ञप्ती जारी गर्दै आचारसंहिता लागु भएको कारण हाललाई अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव स्थगित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको परिषदको कार्यालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here