फेसवुक ग्रुप एमआरआरले गर्याे रक्तदान, ४० पिन्ट रगत संकलन

0
450

दमक,२६ कार्तिक । सामाजिक सञ्जाल (फेसवुक ग्रुप ) मा क्रियाशील मेन्स रूम रिलोडडेड (एमआरआर )ले सोमबार झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कमल गाँउपालिका ५ काे  कार्यालयमा भएको आयोजना गरिएको खुल्ला रक्तदानमा ४० पिन्ट रगत संकलन भएको एमआरआरमा आवद्ध कृष्ण ढकालले वताएका छन् । उनका अनुसार रगतको अभाव हुन नदिन आयोजकसहित विभिन्न संघसंस्थाको सहभागितामा रक्तदान सम्पन्न गरिएको हो । रक्तदान विहान ८ वजेदेखि शु? भई १२ वजेसम्म सञ्चालन भएको थियो ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा एमआरआर परिवारका सदस्यह?को उल्लेखीय उपस्थिति रहेको थियो ।  सोहि अवसरमा एमआरआरले रेडक्रस लखनपुर उपशाखा सभापति चन्द्र शाहसहित विगत १८ बष्र्ष देखि स्वमसेविकाका ?पमा कार्यरत शान्ता बस्नेतलाई सम्मान गरिएको थियो । दमकको एडभान्स हस्पिटलको व्यवस्थापनमा भएको रक्तदान कार्यक्रममा वडाध्यक्ष डम्बरबहादुर निरौला, अस्पतालका अध्यक्ष शेरवहादुर भटटराई, द एभरेष्ट बचत तथा ऋण सहकाका अध्यक्ष दिपक खरेल, सुर्यदर्शन शाकोसका अध्यक्ष टिका सापकोटा लगायतले रक्तदानको महत्वमाथि चर्चा गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here