सिम्रन पौडेललाई फेसबुक बुहारी ग्रुपको सहयोग

0
429

झापा, १४ माघ / तातो तेल खनिएर घाइते भएकी २२ महिनाकी बालिका सिम्रन पौडेललाई फेसबुकको बुहारी ग्रुपले नगद सहयोग गरेको छ ।

सिम्रन माघ १ गतेको दिन ठेलामा राखिएको तातो तेल खनिएर घाइते परेकि हुन् । घाइतेलाई फेसबुकको बुहारी ग्रपले २० हजार रुपैयाँ नगद सहयोग गरेको छ । घाइते सिम्रन कृष्ण पौडेल र विष्णुमाया पौडेलकी छोरी हुन् । उनीहरु हाल गौडाकोटमा डेरा गरेर बस्दै आएका छन् ।

मःम पसलको भरमा गुजारा चलाउँदै आएका उनीहरुलाई छोरीको उपचारमा धेरै खर्च लाग्ने भएपछि सबैलाई सहयोग गर्न अपिल गरेका थिए । घाइतेको चितवन मेडिकल कलेज (सि.एम.सि)मा उपचार भइरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here