शिशुको शव फेला

0
239

 

बुद्धशान्ति/  झापाको बुद्धशान्ति गाउँपालिकामा मङ्गलबार सालनालसहित गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । घाँस काट्न गएका स्थानीयवासीले बुद्धशान्ति गाउँपालिका–४ को सट्टाभर्ना्स्थित बारीमा पुरिएको अवस्थामा बच्चाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले गाडेको स्थानबाट बच्चालाई निकालेको थियो । भर्खर जन्मिएको शिशु घाँटीमा सालनाल र नरिवलको पातको पासो लगाई हत्या गरेर गाडिएको अवस्थामा फेला परेको कार्कीले बताउनुभयो । “अभियुक्तको खोजी भइरहेको छ,” उहाँले भन्नुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here