कुखुरा पालन व्यवसायीलाई विज्ञको सुझाव

0
360

प्राय यस्तो देखिने गरको छ कि जुन तीब्र गतीमा कुखुरा पालन फार्महरु स्थापना हुन गर्दछन् । त्यहि गतीमा बन्द पनि हने गरको छन् । यसै कारणले गर्दा कुखुरा पालनमा सरकारी निति एव देशको आवश्यकता अनुसार पूर्णरुपले अपेक्षकृत बिकाश हुन सकेको छैन ।सामान्यतया कुखुरा पालन व्यवसाय बिस्तार संबन्धमा सामान्य किसानसँग सल्लाह गर्दा प्रायजासे कुखुरापालनत धनीमानीले गर्ने व्यवसाय हो हामी सामान्य गाउँले कृयषकलाई यस्को के काम हामी यसमा सफल हुन सक्तैनौ भन्ने धारण पाइन्छ । तथापी बास्तबिकता यसभन्दा अर्कै छ , एवं कुखुरा पालन ब्यवसाय असफल हुनु का अरु पनि धेरै कारण छन् । यी कारणहरुलाई सजिलै समाधान गर्न सकिन्छ अनी ग्रामिण कृषकले यो पेशा अंगालेर आफ्नो तथा देशको अर्थ व्यवस्थालाई एउटा सुदढ आधार दिन सक्छन् । कुखुरा पालनको असफताका मुख्य कारण निम्न लिखित मानिन्छ ।

क) कुखुरा पालन संबन्धी पूर्ण आधुनिक एंव बैज्ञानिक ज्ञान नहुनु
प्राय जसो कुखुरा पालकको असफलता को मुख्य कारण किसानले यो व्यवसायको आधुनिक बैज्ञानिक ज्ञान को कमी हुँदा हुँदै पनि देखासिकीमा कुखुरा पालन कार्य अव्यावीथीत ढंगले शुरु गर्दछन् तथा संचालनको असफल कोशीश गर्दछन् । जस्को कारण हुने निरन्तरको घाटा छि व्यवसाय बन्द गर्दछन् । प्रायजसो पढेलेखेका तथा उच्च सरकारी अधिकारीले पनि भन्ने गर्दछन् केही दिनको सानातिनो तालिम प्रशिक्षण लिए पछि त कुखुरा पालन व्यवसाय सजिलै गर्न सकिन्छ । जव कि बास्तविता यस्को विलकुल विपरीत हुन्छ किनकी कुखुरा पालन मात्र हैन संसारको कुनै सानो ठूलो व्यवसाय बिना तालिम प्रशिक्षण कुनै संभावना न्युन हुने छ ।

ख) शुद्ध सस्तो संतुलित आहाराको उपलब्ध हुने कमी
कुखुरा किसानहरुलाई प्राय जसो बर्षभरी शुद्ध सस्तो र सन्तुलीत दाना उपलब्ध नहुने गरेको पाइन्छ । जस्को कारण धेरै जसो कुखुरा फार्म कुनै न कुनै ठाउमा बन्द हुने गरेको पाइन्छ । खबसगरी वर्षाको वेला ढुसी अनी गर्मीको वेला नुनको विषाक्तीको प्रदुषण सजीलै देख्न सकिन्छ । जस्का कारण कुखुराको मृत्युदर अचानक बढने गर्दछ साथै कुखुरापालक किसान सँग पुँजी अभावका कारण यस्तो दाना आहारा बदलीन सक्तैनन । तसर्थ घाटा नेक्सानी बढी हुने हुदा उनीहरुले आफ्नो व्यवसाय बन्द गर्नु पर्ने हुन्छ । अतः यस प्रकारको हानी नोक्सानीबाट बच्न कुखुरा पालक किसानले आफ्नो फार्मको लागी विश्वाशनीय दाना उदयोगबाट उत्पादित दाना प्रयोग गर्ने साथै यो पनि सुनिश्चीत गर्नु आवश्यक हुन्छ कि त्यस उदयोग सँग राम्रो दाना उत्पादन गरीने सवै सुविधा उपलब्ध छ तीनको प्रयोग नियमीत गरीन्छ । त्यस पछि पनि आफ्नो फार्ममा आउने प्रत्येक खेपको दानाको गुणस्तरको परिक्षण कुनै विश्वासनिय प्रयोगशालाबाट नियमीत जाँच गराउनु पर्दछ । सरकारी स्तरबाट पनि विभिन्न प्रयोजनका लागी पालीने कुखुरालाई प्रयोग गरीने दानाको गुणस्तर मापदण्ड निर्धारण गरी कृषकलाई सुचना प्रवाह गर्ने तथा दाना उदयोगको उत्पादनस्थलमा स्थलगत अनुगमन गर्ने गरिनु पर्दछ ।

ग) अतिरीक्त आयको लागी सहायक पेशाको रुपमा कुखुरा पालन गर्नु
प्रायजसो मानिस हरु कुुखुरा पालन व्यवसायलाई अतिरिक्त्त आयको लागी सहायक पेशाको लागी गर्ने गर्दछन् । सरकारी स्तरबाट समाजको कमजोर वर्गका समुदायका लागी उनको आर्थिक अवस्था सुधार्नका लागी यो व्यावसाय शुरु गर्न विभिन्न खाले छुट अनुदान दिएर प्रोत्साहन गर्ने गर्दछ । यस्ता व्यवसायहरु लाभप्रद रुपमा धेरै दिन चल्न को लागी उपलब्ध गराइएको विधिन्न खाले छुट अनुदान सेवाको निरन्तरता एव व्यक्ति विशेषको क्षमतामा भर पर्दछ । जसै उत्पादन प्रोत्साहन उपलब्ध हुन छाड्छ यस्ता व्यवसाय पनि बन्द हुन थाल्दछन् ।
यस विषयलाइ गहिरिएर अध्ययन विशलेषण गर्ने हो भने यो व्यवसायलाई कहिले पनि सहायक पेशाको रुपमा गर्न सकिन्न । किनभने यो व्यवसायलाई पूर्णरुपमा सफलतापर्वक चलाउनका लागी हर समय को रेखदेख अति आवश्यक पर्दछ । समग्रमा भन्ने होभने कुखुरा पालन व्यवसाय नाफा मुुलक वनाउन कुनै एक पक्षको मात्र ले संभव नहुने देखिन्छ । यस्को लागी यस्को उत्पादन श्रृख्खलाका सवै सरोकार वालाहरु विच उचित समन्वय र सहभागिता मुलक संलग्नता हुनु जरुरी छ । अनी मात्र यो व्यवसाय दिगो हुनेछ ।

घ) व्यवस्थित बजारको अभाव,चल्ला उपलब्धता देखि तयारी कुखुरा फुल विक्रि गर्न
हामी कहाँ कुखुरा जन्य उत्पादनहरुको क्रय विक्रयको लागी व्यवस्थित बजारको प्रावधान नै छैन सवै काम विचौलीयाको भर छ भन्दा हुन्छ । यसकारण कुखुरा पालक किसानले नत भनेको वेला चल्ला पाउछन् नत तयार भएको तयारी कुखुरा फूल बेच्न पाउछन् । त्यसैले किसानले नत सहि मुल्य मा चल्ला पाउछन् । नत तयारी कुखुरा वेच्न पाउँछन् । त्यस्का कारण यसै अलमलका नया किसानत शुरुमै घाटा नोक्सानमा परी यस पेशा बाट पलायन हुने गर्दछन् । यस्को लागी संगठीत व्यवस्थीत बजार स्थलको व्यवस्था हुनु पर्ने देखिन्छ ।के गर्ने हाम्रो आफ्नो परिवेशमा पशु पंक्षि बजार प्रर्वधन निर्देशनालय त छ , तर सधै विवादमा अख्तियारमा धाउदै फूर्सत त छैन ।

ङ) उच्च गुणस्तरको चल्ला उचीत मुल्यमा वर्ष भरी नपाउनु
सरकारी स्तरमा कुखुराका हयाचरीहरु न हुनाका कारण निजी क्षेत्रका ह्याचरीहरुले बजारमा माग बढ्ना साथ भाउ बढाउने चल्ला कम संख्यामा आपुर्ती गर्ने अनि मिसमास गर्ने नौलो कुरा भएन । यो नै कुखुरा पालकले व्यहोर्न पर्ने घाटा नोक्सानीको प्रमुख कारण मानिन्छ । यसबाट कुखुरापालक कृषकलाई बचाउने हो भने सरकारले एक दिने चल्लाको गुणस्तरको मापदण्ड तोकेर लागु गराउने दृढ्ता देखाउन पर्ने हुन्छ । यस्का सार्थै किसानले पनि आफ्नो फार्मको उत्पादन तालिका बनाई भरपर्दो एक दुई ह्याचरी सँग निश्चित मुल्य र समयमा तल्ला दिने अनुवंध संझौता गर्ने । यसो गरेमा वर्ष भरी निश्चित मुल्य र समयमा चल्ला पाउने सुनिश्चिता हुने छ ।

च) रोग निदान प्रयोगशालाको कमी

हाम्रो देशमा कुखुरा रोग निदान प्रयोगशालाहरुको न्युनत त वछदैछ भएका धेरै जसो प्रयोगशालाहरुमा उपकारणहरु प्रयोगशाला प्रयुक्त रसायनका साथै कहि कहि पूर्ण रुपमा प्रशिक्षित एव अनुभवी विज्ञको कमी पनि देख्न सकिन्छ । कुखुरा पालक कृषकहरुलाई तुरुन्तै आफ्नो कुखुरालाई लागेको रोगको निदान तथा उचीत रोग वारे थाहा नहुने स्थिीती श्रृजना हुन्छ जस्का कारण मृत्यु दरमा हुने अप्रत्याशीत बुद्धिले धेरै घाटा नोक्शानी व्यहोर्न बर्दा आफ्नो व्यवसाय बन्द गर्नु पर्ने स्थिति आउँछ । यस प्रकार बाट हुने क्षतिबाट बच्नका लागी कुखुरा पालक कृषकले कुनै विषय विशेषज्ञ सँगनै कुनै राम्रो प्रयोगशालको सेवा लिने चाहे त्यो अलि टाढा नै किन नहोस । सरकारी स्तरमा पनि हाल भएका प्रयोग शालाको भौतीक एवं प्राज्ञीक स्तरउन्नतीका साथै कुखुरा पालनका सधन क्षेत्रमा यस्को सेवा संख्या थप्नु उचित हुने देखिन्छ । अझ यस्का साथै बेला बेलाम सचल प्रयोगशाला पनि संचालन गर्ने हो भने कुखुरा पालन किसनले सहज सेवा पाउनेछन् ।

छ) शुद्ध सस्तो एवं सुलभ रुपमा औषधि नपाउनु

प्रायः देखिने गरीन्छ कि कुखुरा पालक कृषकहरुले आफुलाई आवश्यक पर्ने औषधि आफ्नो फार्ममा जगेडा राख्दैनन र जब आवश्यक पर्छ रोग फैलिन्छ अनी औषधिका लागी यता उता भौतारिन्छन् । हड्बडीमा बजारमा औषधिको अभावका कारण किसानलाई कि त औषधि समयमा उपलब्ध हुदैन वा कहिले काही अशुद्ध कमसल खाले औषधि त्यो पनि चर्को मुल्यमा पाइन्छ । जस्को कारण कुखुराको मृत्यु दर बढ्ने गदछ सार्र्थै उत्पादन लागत पनि अत्याधिक बढेर जान्छ । त्यसैले यसबाट हुने हानीनोक्सानी बाट बच्नका लागी कुखुरा पालक कृषकले आफ्नो फार्ममा नै केहि विशेष खाले औषधिहरु कुनै अधिकृत विक्रेता या कम्पनिसँग किनेर आपतकालिन समयको लागि राख्नु ष्र्दछ । साथै प्रयोग गरेको औषधिको शुद्धता एव गुण बक्ताको शंका लागे संवन्धीत नियमनकारी निकायमा सुचना दिनु पर्दछ ।

ज) लापरवाही एवं कमजोर प्रवन्ध व्यवस्था एव क्षमता
कहिलेकाहि कुखुरा फार्ममा चोरी हुने आगजनी हुने जस्ता कारण ले पनि कुखुरापालन व्यवसाय असफल हुने गर्दछ । आगजनीको कारण लापरवाहि ले फालेको चुरोट विडीको ठुटो वा व्यक्तिगत रीसइवि का कारण पनि हुन सक्छ । त्यसकारण यस कारण कुखुरा फारम भीत्र जथाभावी विडी सिग्रेट पिउन प्रतिवन्ध गर्नु पर्दछ साथै विश्वसनिय चौकीदारको व्यवस्था फार्ममा २४ घण्टा गर्नुपर्छ । फार्मका कामदारबाट हुन सक्ने चोरी नियन्त्रणगर्न फार्मको कामदारको संम्पुर्ण गतिविधिको अभिलेख राख्ने गर्नु पर्दछ । आगजनी एंव चोरी लुटपाटबाट हुने नोक्सानीबाट बच्न आफ्नो फार्मको बिमा अवस्य गर्नुपर्ने हुन्छ । प्राय जसो शुरु शुरुमा कुखुरा पालन राम्र्रै सँग चल्न थालेपछि किसानले हेलचेक्रयाइ गर्न थाल्दछन् । जुन नोक्सानीको एउटा ठुलो कारण बन्दछ यदि व्यावसायिमा यो नोक्सानी व्यर्होर्न क्षमता रहेन भने । प्राय हाम्रा कुखुरा पालक कृषकसँग कुखुरा पालन संवन्धि उपयुक्त कार्ययोजना नहुदा दुरदर्शिताको कमी तथा कमजोर व्यवस्थापन क्षमताका कारण व्यवसाय बन्द गर्नु पर्ने अवस्था श्रृजना हुन्छ । यस्को लागी कुखुरा पालक कृषकलाई आफ्नो फार्मको कुखुरा पालनका सवै खाले गतीविधि थाहा हुनु पर्छ । सवै कार्यहरु पूर्णरुपमा सहि तरिका बाट ठिक ठिक वेला संपन्न गर्नुपर्छ सार्थै आफ्नो व्यवस्थापकिय क्षमता पूर्ण रुपमा उपयोग गर्नु पर्दछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here