विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

0
181

दमक, पुस ८ गते /  दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई खाद्य सामाग्रीसहितका राहत दिएका हुन् ।

कक्षा ७ देखि १० सम्मका १२० विद्यार्थीले मासिक रु ३० सङ्कलन गरी त्यही रकममार्फत उक्त सहयोग दिइएको प्राचार्य डिल्ली चापागाईंले बताउनुभयो । विद्यालयका अध्यक्ष गङ्गादेव चौधरीले विद्यार्थीसहित शिक्षकबाट सङ्कलित रमकबाट आश्रमका विद्यार्थीलाई खाद्य समान दाल, चिनी, चनामटर, भुजा, सावुन, पेष्ट, औषधिलगायतका सामग्री वितरण गरिएको बताउनुभयो । सोही अवसरमा आश्रममा रहेका बालबालिकाको दन्त परीक्षणसहित औषधिसमेत गरिएको थियो ।
यस्तै विद्यार्थीको सोही कोषबाट दमक–४ मा रहेको रत्न वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई समेत सहयोग गर्ने तयारी रहेको चापागाईंले बताउनुभयो । त्यहाँ ज्येष्ठ नागरिकका लागि आवश्यकीय सामाग्री सहयोग गरिने स्कूलले जनाएको छ । दुवै आश्रममा करीब रु ५८ हजार मूल्य बराबरको सहयोग सामाग्री वितरण हुने छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here