दमकमा साहित्यकार पुरस्कृत

0
253

दमक ८ पौष /   शनिबार दमकमा गरिएको कार्यक्रममा एक साथ विभिन्न पुरस्कार प्रदान गरिएको छ ।साहित्य कला संगम दमकले कार्यक्रममा दाता भवानी मिश्रद्वारा स्थापित कोषबाट एक जना भारतीय श्रष्टा, एक संस्थासहित अन्य साहित्यकारहरूलाई पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा ५५ हजार ५ सय ५५ रुपैयाँ राशिको भवानी मिश्र अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार भारत सिक्किमकी डा. कविता लामालाई प्रदान गरियो । यस्तै डा. रामप्रसाद ज्ञवालीलाई भवानी मिश्र राष्ट्रिय साहित्यिक पुरस्कारसमेत सोही कार्यक्रममा हस्तान्तरण गरियो ।

पुरस्कारको राशि ३५ हजार ५ सय ५५ रुपैयाँ छा । यस्तै भवानी मिश्र प्रादेशीक साहित्यिक पुरस्कार मोरङ झोराहाटको झोराहाट नाटय समूहलाई प्रदान गरिएको छ । १५ हजार ५ सय ५५ रूपैयाँ राशिसहित भवानी मिश्र जिल्ला साहित्यिक पुरस्कार झापाकी भवानी क्षेत्रीले पाउँदा ११ हजार ५ सय ५५ रुपैयाँ राशिको भवानी मिश्र दमक नगर साहित्यिक पुरस्कार रुद्र निरौलाले प्राप्त गरे ।

यस्तै ११ हजार ५५५ राशिको दमक साहित्य कलाश्री पुरस्कार साहित्यकार उपेन्द्र पागललाई प्रदान गरिएको छ । सोही कार्यक्रममा साहित्य कला संगमका अध्यक्ष नरपति पाण्डेद्वारा लिखित सुनाखरी हाइकु संग्रह विमोचन गरियो भने त्यसमाथि साहित्यकार धनन्जय बास्काटाले टिप्पणी गरेका थिए । यसैगरी मन्जु श्रेष्ठको छन्द कविता संग्रह माटोको सुवाश पनि विमोचन गरियो । सो कृतिमाथि प्रकाशकको तर्फबाट हरि कट्टेलले टिप्पणी गर्नुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here