निर्मलाको सामूहिक बलात्कार

0
365

मंसिर २१, २०७५ काठमाडौं / बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ। प्रारम्भिक आधार भेटिएको भन्दै सिआइबीको टोलीले उनीहरूलाई धनगढी हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।

घटनालगत्तै महेन्द्रनगर खटाइएका सिआइबीका अंगुर जिसी निलम्बनमा परेपछि अनुसन्धानमा पठाइएका डिएसपी कमल थापाको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीसहित चार जनालाई पक्राउ गरेको हो भन्ने खबर नयाँ पत्रिका दैनिकमा खबर छ। समूहका एक सदस्यका रूपमा प्रदीप रावल मंगलबारदेखि नै महाराजगन्जस्थित प्रहरी वृत्तको हिरासतमा छन्। ‘अहिलेसम्मको अनुसन्धानमा सामूहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ। त्यसैले पाँच जनालाई हिरासतमा लिएका छौं।

अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौं,’ एक प्रहरी अधिकारीले भने। यद्यपी डिएनएलगायत प्राविधिक परीक्षणको रिपोर्टबाट मात्र वास्तविकता पत्ता लाग्ने प्रहरी अधिकारी बताउँछन् । डिएनए रिपोर्ट पर्खनकै लागि प्रहरीले प्रदीपलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा म्याद थप गरेर थुनामा राखेको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here