साढे ३३ किलो सुन तस्करीमा मुछिएका निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

0
143

मंसिर २०, २०७५, मोरङ / साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याका आरोपी निलम्बित सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । गएको जेठ ८ गते जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलाशले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिँदा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालतका रजिष्ट्रार नरायण रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला अदालत मोरङले सञ्जेललाई आपराधिक समूह स्थापाना गरी सुन चोरीपैठारी तथा चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको चारवटै विषयमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here