झापा,१६ मंसिर / झापाकी १९ वर्षीया भावना गुरूङको शनिबार रहस्यमय ढंगबाट मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको उपचारका लागि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनुसन्धनका लागि लोप्चनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।