नेकपा सचिवालय बैठकःप्रदेश कमिटीका सदस्यहरूको नामावली टुंगो

0
160

काठमाण्डौं १३ मंसिर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बुधबार बेलुकी बसेको बैठकले प्रदेश कमिटीका सदस्यहरूको नामावली टुंगो लगाएको छ ।

बैठकले प्रदेश कमिटीका सदस्यहरूको नामावली टुंगो लगाएको बैठकपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले सदस्यहरूको नामावली टुंगो लगाएता पनि सदस्यहरूको पूर्ण विवरण भने आजमात्रै सार्वजनिक गर्ने निर्णय भएको उनले बताए ।

नेकपाले यसअघि प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज, सहइञ्चार्ज तोकिसकेको छ । त्यस्तै आगामी बैठकले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको एकीकरण, जिल्ला समितिको मुख्य नेतृत्व टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए । तर नेकपाले आगामी बैठकको मिति, समय भने तोकिएको छैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here