प्रचण्डमाथि खुकुरी प्रहार शिर्षकमा समाचार लेख्ने सम्पादक पक्राउ

0
171

१२ मङ्सिर, २०७५ काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुकुरी प्रहार गरेको भनि समाचार प्रकाशन गर्ने अनलाईनका प्रधानसम्पादक गोपाल चन्द पक्राउ परेका छन् ।

गत ६ गते चितवन कृष्णचोकमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई खुकुरी प्रहारको प्रयास गरेको समाचार प्रकाशन गर्ने पोष्टपार्टी डटकमका चन्दलाई पक्राउ गरेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले पुष्टी गरेको छ । हाल भक्तपुर बस्ने रोल्पाका स्थायी बासिन्दा चन्दलाई आज दिउँसो मनमैजुबाट नियन्त्रणमा लिई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

कुनैपनि समाचारका विषयमा असन्तुष्टी भएमा सूचना विभागमा मुद्दा दर्ता गरेर कारबाहीको प्रकृया थाल्नुपर्ने माग भईरहेका बेला प्रहरीले भने विद्युतीय कारोबार ऐन अन्र्तगत कारबाही चलाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here