आज भाइटीका, उत्तम साइत ११ बजेर ५५ मिनेटमा

0
440

दमक,२३ कार्तिक/ यमपञ्चकको पाँचौ तथा अन्तिम र महत्वपूर्ण दिन आज भाइटिका । विहान सबेरैदेखि घर–घरमा चहलपहल शुरुभइसकेको छ, दिदीबहिनीहरुले दाजूभाइलाई सप्तरङ्गी टिका लगाइदिएपछि तिहारको विधिवत समापन हुन्छ ।

कहिल्यै नओईलाउने मखमली, सयपत्री अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ । आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा गएर सप्तरंगी टीका लगाउने गरिन्छ ।

आज भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमारहेको छ । यस शुभ साइतमा दाजू–भाइहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भई दाजू–भाइहरूलाई टिका लगाई शुभाशिष दिई शुभ सगून ख्वाउनु उत्तम हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here