पटकाबाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर

0
394

दमक,२२ कार्तिक /  चाडपर्वका बेला सीमामा जाँचका क्रममा ठूलो परिमाणमा पटाकाजन्य विष्फोटक पदार्थ बरामद भए पनि यस्ता सामान दिनहुँ भित्रिने क्रम भने यथावत छ ।
प्रशासनले तिहारमा पटका तथा कुनै बिष्फोटक पदार्थ बिक्री गर्न र ओसार पसारमा बन्देज लगाइएको भएपनि पटका आउने क्रम रोकिएको छैन ।

बजारहरुमा यसको बिक्री बितरण र बिस्पोटनको आवाज हप्ता दिन अघिबाटनै सुनिन थालेको छ । पूर्वका सीमावर्ती क्षेत्रबाट अबैध रुपमा सजिलै भित्रने पटकाहरु ग्रामिण क्षेत्रबाट सहजै बजारमा पुर्याइने गरेको छ । प्रहरीहरुले चेक पोइन्ट र मुख्य नाकाहरुमा कडा निगरानी गर्ने गरेको भएपनि हिउँदको समय र खुल्ला सीमानाको कारण यस्ता बस्तुहरु सहजै भित्रने र ग्रामिण क्षेत्रका पसलहरुमा खुल्ला रुपमा बिक्री हुने गरेको कारण केही दिने अघिदेखी नै बिस्फोटको आवाज आउन थालेको हो ।

ठूलो धनरासीको खर्च र अपुरणीय क्षति हुनसक्ने पटका नियन्त्रणको लागी प्रसासनले सिमावर्ती क्षेत्रमा मात्रै हैन ग्रामिण पसलहरुमा पनि कडा निगरानी गर्नु पर्न सर्बसाधारणको भनाइ छ ।
तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ ।

खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजारबाट गैरकानूनी रुपमा भित्र्याइएका पटका पड्काउँदा स्थानीयवासी आतङ्कित भएका छन् । जिल्ला प्रशासन कार्यालयले दीपावलीको समयमा पटाकाजज्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने पटाकाले साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना गरेको सर्वसाधारणको भनाइ छ । डा. अनन्त शर्माका अनुसार पटकाबाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर हुनसक्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here