आज गोबर्धन पूजा, कृषि कार्यमा संलग्न जनावर गोरुको पूजा गरिँदै–

0
610

झापा, २२ कार्तिक / आज गोबर्धन पूजा अर्थात यम पञ्चकको चौथो दिन । काग, कुकुर, गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जनावर गोरुको पूजा गर्ने गरिन्छ ।

कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ । गोबरधन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।

यीनै गोरुहरु अनि बहरकालागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ । आजको दिन रिसराग सबै भूलेर छरछिमेकको घरमा देउँसी खेल्न जाने र सदभाव बढाउने चलन छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here