आज यमपञ्चकको तेस्रो दिन, घर घरमा लक्ष्मीको पूजा आराधना गरि मनाईँदै–

0
270

दमक,२१ कार्तिक / आज तिहारको तेस्रो दिन । घरघरमा गाईतिहार र लक्ष्मी पूजा गरिँदैछ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूपमा मान्दै आएका छन् । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ ।

कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरमा गई भैलो खेल्ने चलन छ । आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ ।

गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्काेतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तूलसीको मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here