झापा जिल्लालाई माघ १ गते देखि मदिरा नियन्त्रित जिल्ला बनाइने

0
246

झापा, ८ कार्तिक / झापा जिल्लालाई आगामि माघ १ गते देखि मदिरा नियन्त्रित जिल्ला बनाउने अभियान स्वरुप प्रहरी र स्थानिय तहले काम सुरु गरेका छन् । समाजमा हुने अपराधिक कृयाकलाप देखि सडक दुर्घटना बढाउने मुख्य कारण मदिरा भएकाले माघ १ गते भित्र सबै प्रकृया पुरा गरि झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने अभियान सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको आयोजनामा झापाका सबै स्थानिय तहका जनप्रतिनिधि हरु सहित अन्तरक्रिया गरिएको छ । अभियानका लागि बिभिन्न सुचाङ्क पुरा गर्दै झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने निर्णय गरेको हो । मदिराजन्य बस्तु एकै पटक निषेध गर्न नसकिने भएकाले नियन्त्रण मात्र गर्दापनि धेरै अपराधिक कृयाकलापमा कमि आउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भिम प्रसाद ढकालले बताउनुभयो ।

विद्ययमान कानुन कार्यन्वयन कडाईका साथ गर्न सबै स्थानिय तहले सामुहिक प्रतिबद्धता जनाउनु पर्ने भएको छ । मदिरा विक्रि गर्ने समय, मदिरा किन्न आउने व्यक्तिको परिचय अनिवार्य गर्ने वा तोकिएको उमेर समुहका लाई मात्र बिक्रि गर्ने, स्थानिय प्रशासन वा तहबाट स्विकृत दिने मेला, कार्यक्रम वा कन्सर्टहरुमा मदिरा बिक्रि वितरण निषेध गर्ने र मदिरा नियन्त्रण अनुगमन समिति बनाई अनुगमन गर्ने लगायत १२ बुँदे नियम तय गदै नियन्त्रणका लागि अभियान सुरु भएको बताईएको छ ।

यो अभियानलाई सफल बनाउन विद्ययमान कानुन कार्यन्वयन गर्ने वातावरण सबै क्षेत्रबाट बन्यो भने झापा नमुना जिल्ला बन्न सफल हुने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here