इलाममा वार्षिक १ सय ३५ मेट्रिक टनभन्दा बढी किबी उत्पादन

0
606

इलाम,८ कार्तिक/ कार्यक्रम स्वीकृत भए पनि कार्यालय स्थापना नहुँदा इलाममा किबी जोन कार्यक्रम अघि बढ्न सकेको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलामको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा किबी फलको विशेष क्षेत्र घोषणा गरी कार्यक्रम स्वीकृत भए पनि आर्थिक वर्षको चार महिना बित्न लाग्दा समेत परियोजनाको कार्यालय स्थापना हुन सकेको छैन ।

किसान र स्थानीय सरकारको मागअनुसार संघीय सरकारले किबि जोन घोषणा गरे पनि समयमै कार्यक्रम सञ्चालन नहुँदा किसान मर्कामा परेका छन् । कार्यक्रमका लागि अहिलेसम्म इलामको कुन स्थानमा कार्यालय राख्ने भन्ने निर्णय भइनसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनका सूचना अधिकारी परशुराम राउतले बताउनु भयो ।

किबीका लागि पकेट क्षेत्रलाई दश हेक्टर, किबी ब्लकका लागि १०० हेक्टर, किबी जोनका लागि ५०० हेक्टर र किबीको सुपर जोनका लागि एक हजार हेक्टर क्षेत्रफल निर्धारण गरिएको छ ।

इलाममा गत आर्थिक वर्षमा तीन करोड ७९ लाख ५० हजार रुपैयाँ किबी उत्पादन भएको थियो । इलाममा वार्षिक १ सय ३५ मेट्रिक टनभन्दा बढी किबी उत्पादन हुने गरेको किबी फल प्रतिकिलो ३ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here