आज दशैंको विशेष दिन विजया दशमी, टिकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा

0
658

दमक, २ कार्तिक/ आज दशैंको विशेष दिन विजया दशमी घर घरमा टिका जमरा सहित आर्शिवाद लिएर मनाइन्छ । दसैंको शुभसाइत आज बिहान ९ बजेर ५१ मिनेटमा जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज आश्विन शुक्ल दशमी अर्थात नेपालीको महान् चाड दसैं देशभर हर्षाेल्लासपूर्वक मनाइँदैछ । दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज बिसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ । असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ ।

स्वदेश वा विदेशमा रहेका नेपालीले दसैंको दिन सपरिवार एकत्रित भई टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन्। ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here