घटस्थापना अगावै काठमाण्डौंबाट १० लाख यात्रु वाहिरिए, खसी, बोका र राँगा, कुखुरा भित्रिदै

0
476

काठमण्डौं२४, असोज / दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका वाहिरिएका छन् ।

सोमवारबाट दैनिक एक लाखको हाराहारिमा सर्वसाधारण काठमाडौंबाट वाहिरिन थालेका छन् । ‘त्यसअघि दैनिक ३० देखि ४० हजार बाहिरिन्थे तर सोमबारबाटै यो चाप बढ्यो,’ महाशाखा प्रमुख पन्तले भन्नुभयो । असोज २४ गते घटस्थापनासँंगै उपत्यकाका अधिकांस स्कुल कलेज बन्द भएसंँगै यो संख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुड्गाबाट दैनिक २० हजारभन्दा बढी सवारी साधनले दैनिक आवागमन गरिरहेका छन् ।

यो नाकाबाट वाहिरिने कुनै पनि गाडी रित्तो नभएको प्रहरीको भनाइ छ । ट्रक, टिपर, कार, मोटर, मोटरसाइकल, बस, मिनीबस, माइक्रोबस, कन्टेनर लगायत जे जति सवारी साधन उपत्यका वाहिरिन्छन ती सबैमा यात्रु बोकेर बाहिरिने गरेको जानकारी प्रहरीले दिएको छ । त्यस्तैं, उपत्यकामा भित्रिने सवारी साधनकोको संख्यामा पनि कमी छैन । जति सवारी साधन वाहिरिन्छन त्यतिकै भित्रिने गरेका छन् । यसरी, भित्रिने सवारी साधनमा भने यात्रु नभई सरसामान र खसीबोका र हाँसकुखुरा धेरै आउने गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here