गृह मन्त्रालयद्धारा निर्मला पन्तको बलात्कार र हत्या घटनाको प्रतिवेदन सार्वजनिक, प्रहरीमाथि नै अनुसन्धान गनुपर्ने निष्कर्ष

0
158

काठमाण्डौं, २१ असोज/ गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । गृहमन्त्रालयकासहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापरबाही र हेल्चेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै समितिले अब तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको छ ।

मन्त्रालयले ३७ पृष्ठ लामो प्रतिवेदन आफ्नो वेबसाइटमा राखेको छ । प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको थियो । आइतबार मन्त्रिपरिषद्को स्वीकृतिपछि गृहले पन्त प्रकरणको प्रतिवेदन बाहिर ल्याएको हो । समितिले गत असोज १० गते गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो ।

भिमदत्त नगरपालिका २ की १३ वर्षीय पन्तको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here