आजदेखि दसैंँका लागि नयाँ नोट साट्न खुल्ला ,प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा

0
222

काठमाण्डौं, २१ असोज/ नेपाल राष्ट्र बैंकले आजदेखि दसैंँका लागि नयाँ नोट साट्न खुल्ला गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताउनु भयो । उहाँले २१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुने जानकारी दिनभयो । राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दैछ ।

राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए । राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here