दुर्घटनामा पत्रिका वितरक बस्नेत घाईते

0
254

दमक,६ असोज /  मोटरसाईकलको ठक्करबाट झापा,दमकका पत्रिका वितरक देवीवहादुर वस्नेत घाईते भएका छन् । घाईते वस्नेतको विराटनगरस्थित नोवेल अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ ।
पूर्वपश्चिम राजमार्गको दमकको सगरमाथा पेट्रोल पम्प सडकखण्डमा गत शुक्रवार विहान पत्रिका लिएर साइकलमा जादै गरेका वस्नेतलाई विपरित दिशाबाट तीव्र गतिमा आईरहेको को.९ प. १२०२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएका वस्नेत दमक र विर्तामोडबाट प्रकाशित हुने विभिन्न पत्रिकाका मुख्य वितरक हुन ।
ठक्करबाट दमक–९ निवासी वस्नेतको निम्स अस्पतालमा उपचार हुन नसकि थप उपचारका लागि पठाईएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । दुर्घटनामा संलग्न मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here