इलाम, ६ असोज/ इलाम जिल्लामा बढ्दै गएका विभिन्न हिंसालाई न्यूनीकरण गर्नका लागि सम्बन्धित पक्षले जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
जिल्लामा पछिल्लो समय बालिका बलात्कार, यौन दुव्र्यवहार बढ्दै गएकाले महिला बालबालिकामा दैनिक जनजीवनका काममा कष्टकर भएको भन्दै सम्बन्धित पक्षले यसमा चासो देखाउनुपर्ने बताएका छन् । नगर युवा परिषद्ले इलाम सदरमुकामा आयोजना गरेको नगर युवा परिषद् इलाम नगरपालिका सरोकारवालाहरुसँगको छलफल र सुझाव संकलन कार्यक्रमका वक्ताले यस्तो बताएका हुन् ।
इलाम नगरपालिकाभित्र रहेका युवाको अवस्था बुझ्नका लागि नगरमा रहेका युवाको सही तथ्याकं संकलन गर्नुपर्ने समेत जानकारी गराइएको छ । युवाको संख्या संकलन गर्नुपर्ने, रोजगारीको अवस्था र युवाको समस्याका बारेमा तथ्याङ्क संकलन गर्न नगर युवा परिषद्लाई आग्रह गरेका थिए ।