खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने , पीडित परिवारलाई राहत स्वरुप १० लाख दिने निर्णय

0
212

सुनसरी, ६ असोज/ सरकारले अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

उनको बिहिबार दिउँसो अज्ञात समूहले प्रहार गरेको गोली लागेको मृत्यु भएको हो । अन्सारीको मृत्युपछि स्थानीयका साथै मुस्लिम अगुवाले मृतकलाई सहिद घोषणा गर्दै छानबिन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेबमोजिम सरकारले उनलाई सहिद घोषणा गरेको हो ।

शुक्रबार अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले उनलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई राहत स्वरुप १० लाख दिने निर्णय भएको जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here