सुनसरी, ५ असोज/ बिहीबार दिउँसो हरिनगरा गाउँपालिका, भुटाहा बजारमा गोली हानी हत्या गरिएका खुर्सिद अन्सारी सामान्य व्यक्तिहरूबाट नभई भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट मारिएको हुन सक्ने नेपाल प्रहरीका उच्च अधिकारीले विश्लेषण गरेका छन् ।
स्थानीयबासीको आशंका पनि खुर्सिद भारतीय बाटै मारिएको हुन सक्ने बताइएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले खुर्सिदको हत्या भारतीय प्रतिआतंकवाद सेलको कावाहीसँग मेल खाएको बताए ।
हरिनगरा गाउँपालिका–२ मा गोली हानी खुर्सिद अन्सारी हत्या भएको थियो । भारतीय नम्बरको मोटरसाइकलमा आएका अपरिचित दुई जनाले गोली प्रहार गर्दा मौलना खुर्शिद इस्लाहीको घटनास्थलमै मृत्यु भएको हो ।