दशैं नजिकिएको बहानामा ढुवानी भाडा बढाइयो, उपभोक्ता मारमा

0
229

विर्तामोढ, ५ असोज / दसैं नजिकिएसँगै झापाको बिर्तामोडदेखि ताप्लेजुङसम्मको ढुवानी भाडा वृद्धि भएको छ । ट्रक व्यवसायीले बिर्तामोडदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङसम्मको भाडा ५० प्रतिशतले बढाएका छन् । यस्तै दोभान बजारको भाडा ६५ प्रतिशतले वृद्धि गरिएको छ ।

यसअघि बिर्तामोडदेखि फुङलिङको भाडा प्रतिकिलो ३ रुपैयाँ थियो । अहिले १ रुपैयाँ ५० पैसा बढाएर ४ रुपैयाँ ५० पैसा बनाइएको छ । दोभानको भाडा ३ बाट ५ रुपैयाँ र्पुयाइएको छ । दोभान जिल्लाका ४ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र हो । मिक्वाखोला, मेरिङदेन, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा सामान निर्यात हुने यो एक मात्र बजार हो । बहानन्देबाट दोभान पुग्न कच्ची ९ किलोमिटर छ ।

सदरमुकाम पुग्न ६ किलोमिटर पक्की सडक रहेको छ । भाडा अस्वाभाविक वृद्धिले उपभोक्तालाई समस्या बनाउने उद्योग वाणिज्य संघका महासचिव राम कार्की बताउँछन् । चिनी, चामलजस्ता वस्तुमा एक किलोमै डेढ रुपैयाँ वृद्धि अस्वाभाविक छ । दोभानका एक व्यापारीका अनुसार ५ रुपैयाँ तिर्न नसक्ने भनेपछि पाँच दिनयता दोभानमा एउटा पनि ढुवानीका साधन गएका छैनन् । ट्रक व्यवसायी महासंघ बिर्तामोडका पूर्वमहासचिव शिव पौडेल हाल महासंघ अस्तित्वमा नरहेकाले भाडा वृद्धिका विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । मेची राजमार्गमा छ चक्के ढुवानी साधनले एकपटकमा साढे १० ट्रन सामान बोक्न पाउँछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here