फाल्गुनन्द सडक कालोपत्रे गर्न २ अर्व २० करोड रुपैया बजेट विनियोजन

0
255

दमक,२ असोज/  झापाको दमकदेखि इलामको चिसापानी जोड्ने दमक– रवि चिसापानी (फाल्गुनन्द सडक )को करिव २५ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यस अघि ६.२ किलोमिटर कालोपत्रे भैसकेको र बाँकी २५ किलो मिटर सडक कालोपत्रे बनाउँन नयाँ योजना सुनिश्चित भएको हो ।

दमक–रवि चिसापानी ( फाल्गुनन्द मार्ग ) सडक निर्माण उपभोक्ता समितिले सोमबार पत्रकार सम्मेलन गरि सडक कालोपत्रे योजनाका बारेमा त्यस्तो जानकारी गराएको हो ।

समितिका अध्यक्ष गगन पुरीले निर्माणाधिन सडक निर्माणका लागि नेपाल सरकारले बहुवर्षीय योजना अन्र्तगत कुल २ अर्व २० करोड रुपैया बजेट समेत विनियोजन गरि सकेकाले अबको ४ वर्ष सम्ममा सड्कले पूर्णता पाउने जानकारी दिए । उनले भने –‘ कालोपत्रेको काम पूर्णभएपछि पहाडसँंग जोडिने यस सडकले स्थानीयको मुहार फेरिने छ ।’

मन्त्रिपरिषदको गत भाद्र २९ गते बसेको बैठकले रवि सडक बहुवर्षे ठेक्का प्रक्रिया तत्काल अघि बढाउनका लागि स्वीकृति प्रदान गरेको अध्यक्ष पुरीले जनाए । ३४.५ किलोमिटरको यस सडकखण्डमध्ये २५ किलोमिटर सडकखण्डका लागि सो रकम छुट्ट्याइएको अध्यक्ष पुरीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा दमकस्थित डिभीजन सडक कार्यालयका प्रमुख राजेशकुमार यादवले निर्माणाधिन सो सडकलाई बहुवर्षीय ठेक्का लागि स्वीकृति गरेसँगै बाँकी २५ किलोमिटर सडकखण्ड पनि कालोपत्रे हुने बताए । यो वर्ष ठेक्का तथा संझौतामै जाने उल्लेख गर्दै अर्काे वर्षदेखि काम सूचारु हुने उनले जानकारी दिए ।

दमकदेखि चिसापानी जोडने सडकखण्ड मध्येको झापा र इलामको सिमानादेखि साढे ६ किलामिटर सडक कालोपत्रे भने यस अघि २२ करोड ५९ लाख रुपैयामा महालक्ष्मी किरातेश्वर जेभीलाई ठेक्का दिएर धमाधम काम भइरहेको छ ।

झण्डै तिन दशक अघिबाट निर्माण शुरु गरिएको करिव ३७ किलोमिटर सडकको गतवर्ष मात्र पूर्णरुपमा कच्चि ट्रयाक खोलिएको थियो । उक्त सडकमा करिव आधा दर्जन खोलामा ठूला पुल निर्माणका काम पनि यसै वर्षमा सम्पन्न भइसक्ने समितिका सदस्य कर्म पुलामीले जानकारी दिए । यसैगरि सो सडक अन्र्तगतमा पर्ने दर्जर्नाैै साना खोली– खोल्सीहरुमा कल्र्भट निर्माणका काम समेत सम्पन्न भइसकेको बरिष्ठ उपाध्यक्ष सुशिल राईले बताए ।

कालोपत्रे पूराभए सो सडकहुदै रविसम्म जान बाहैमहिना सवारी सञ्चालनमा सहज हुने जनाईएको छ । त्यस सडक पूरा भएपछि पश्चिम इलाम र दक्षिणी पाँचथरका स्थानीय वासिन्दाहरुका लागि छोटो तराई मार्गका रुपमा यस सडक बढी उपयोगी  हुन्छ । पत्रकार सम्मेलनमा रवि सडकका पूर्वअध्यक्ष विजय प्रसाद बराल, नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, समितिका पदाधिकारी,सदस्यहरु,जनप्रतिनिधिहरु,सडकका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here