डुबेर बालकको मृत्यु

0
472

पथरी,३१ भाद्र/ पथरीशनिश्चरे–२, स्थित सुन्दर सामुदायिक वन क्षेत्र भित्र लाटी खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शनिबार साझ बाँधमा नुहाउने क्रममा पथरीशनिश्चरे–१, निवासी १३ वर्षीय मनिष ढकालको डुबेर मृत्यु भएको हो । चार जनाको समूहमा पौडी खेल्ने क्रममा बाँधको केही भाग गहिरो थियो ।

गहिरो ठाउँमा डुबेर पानी भित्रबाट निस्कन नसके पछि मृत्यु भएको हो । घरमा साँझ ४ बजे खबर आएपछि इलाका प्रहरी कार्यालय पथरीको प्रहरी र स्थानीयले खोज्ने क्रममा २ घण्टा पछि पानी भित्र भेटिएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजाईले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here