खानापछि सुप खानुका यस्ता छन् फाइदा

0
323

खाना खाएपछि धेरै मानिसहरुले सुप चपाउने गर्छन न यसलाई अघाउने गरी खाइन्छ, न त कुनै तलतल मेट्नलाई । त्यसो भए सुप किन खाइएको होला ?

जनस्वास्थ्यविद् अरुणा उप्रती अनुसार सुप क्याल्सियम, सोडियम, आयरन र पोटासियमको स्रोत पनि हो । यसमा औषधिय गुण हुन्छन । खाना खाइसकेपछि सुप चपाउनुको फाइदालाई यसरी ब्याख्या गर्छिन् उनी ।
सुपले कब्जियतको समस्या हुन दिँदैन ।
यसलाई चिनी वा मिश्रीसँग मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।
सुपको सेवनद्धारा आँखाको रोशनी बढाउन सकिन्छ । सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसँग दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।
पखाला लागेमा सुपको सेवन उत्तम मानिन्छ । सुपलाई बेलको गुदीसँग बिहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।
खोकीमा पनि सुप निकै उपयागी मानिन्छ । सुपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या हटेर जान्छ ।
खानापछि सुप खानाले खाना राम्ररी पच्छ । सुपलाई जिरा तथा कालो मरीचसँग मिलाएर चूर्ण बनाई मनतातो पानीसँग खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।
सुपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।
दैनिक रुपमा सुपलाई चपाएर खानाले छालामा समेत चमक आउँछ ।
हात तथा खुट्टा झमझमाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सुप र धनियाँलाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसँग खानाले पनि हातखुट्टा पोल्ने समस्या कम भएर जान्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here