नवदुर्गाको १९ औ साधारण सभा सम्पन्न

0
265

दमक/ दमकस्थित नवदुर्गा बहुउद्धेश्य सहकारी संस्थाले आप्नो १९ औं वार्षिक साधारण सभा तथा वार्षीक उत्सव सम्पन्न गरेको छ । १ करोड २६ लाख ४८ हजार ४ सय बराबरको सेयर पूँजी, १२ करोड माथि कर्जा लगानी रहेको हिसाव साधारण सभामा प्रश्तुत गरिएको छ । संस्थाका अध्यक्ष प्रेमकुमार कोइरालाले प्रश्तुत गर्नुभएको प्रतिवेदनमा विगत वर्षको तुलनामा २५ प्रतिशतले कोष बृद्धी भएको जनाइएको छ ।
साधारण सभाको अवसरमा विगत वर्षमा झै ज्यष्ठ नागरिक, एकल महिला, उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ कर्जाकर्ता, लगायत दर्जन बढीलाई सम्मान गरिएको ब्यवस्थापक धनकुमारी पौडेलले जानकारी दिनुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी कर्मचारी संगठनका केन्द्रीय सचिव मणी भण्डारी, जिल्ला बचत तथा ऋिण सहकारीका अध्यक्ष चुडामणी ओझा, मेची सहकारीका ब्यवस्थापक खोम बगाले लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here