पैनीमा डुबेर झापामा एकको मृत्यु

0
273

साउन २६, भद्रपुर / पैनीमा जमेको पानीमा डुबेरमा शनिबार एकजना व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका ३ निवासी तोले कान्छा भनेर चिनिने ६० वर्षीय तीलबहादुर राईको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए।

उनका अनुसार घरनजिकै रहेको बालडुग्रा पैनीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनलाई डुबेकै अवस्था मृत भेटिएको प्रहरी निरीक्षक जवेगुले बताए। मृतक राईको एउटा खुट्टा छोटो र एउटा हात चल्दैनथियो। यता, घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here