‘भर्जिन’ हेर्न वेलकम गरेपछि …

0
405

एउटी केटीले आउनुहोस् ‘भर्जिन’ हेर्न वेलकम छ, भन्दा तपाइको आङ सिरिङ्ग हुनसक्ला । श्रीमति सँगै छिन या धेरै साथीहरुका विच भए खलखल पसिना पनि आउन सक्ला । अनौठो लाग्नु त स्वाभाविक कुरा हो । मध्य दिउसो पत्रकार बोलाएर एउटी केटीले यसै भनिन्ः ‘भर्जिन’ हेर्न वेलकम छ ।
हुन त विवाहमा कुमार केटालाई कन्या केटी खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए–नभएको कुराले निकै महत्व राख्ने गरेको पाइन्छ । यस्तो स्थितिका कन्या कुमारीलाई अतयोनि भनिन्छ र अंग्र्रेजी शब्द भर्जिन यसकै लागि प्रयोग गरिन्छ ।
कुमारित्व वा कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो । धेरैजसो स्थितिमा कौमार्य भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । तर यहाँ भने ‘मिस्टर भर्जिन’ नामको फरक चलचित्रको रुपमा भर्जिनलाई प्रश्तुत गरिनुलाई रहस्यकासाथ हेरिएको छ ।

कस्तो होला ‘मिस्टर भर्जिन’ ?

भाद्र १ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ ले आफ्नो प्रचारलाई तिव्र बनाएको छ । कलाकारसहितको निर्माण टिम यतिबेला मोफसलको पूर्वी प्रदेशको झापा टुरमा छ ।
आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता गौरव पहारीले फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएकै कारण कसैले पनि नाक खुम्च्याउनु नपर्ने बताए । म प्रायः फरक फिल्म निकाल्ने कोसिस गर्दै आइरहेको छु । र, मिस्टर भर्जिनमा पनि मेरो भूमिका फरक पाउनुहुन्छु, उनले भने ।
यौन मनोविज्ञानमा आधारित रहेर नेपालमा पहिलो पटक सेक्स कमेडी बेसको फिल्म बनेको उनले बताए । पहारीले फिल्मको ट्रेलर हेरेर गाली गर्नेहरुको फिल्म हेरेपछि मन बदलिने समेत बताए ।
अभिनेत्री मरिश्का पोख्रेलले मिस्टर भर्जिनमा आफूले कल गर्लको भूमिका निर्वाह गरेको बताइन् । उनले कल गर्लको भूमिकालाई न्याय दिन आफूले कल गर्लहरुको जीवन र दैनिकी बारे पनि लामो अध्ययन गरेको बताएकी छन् ।
कलाकार कमलमणी नेपालले फिल्मले दिन खोजेको कन्टेन्ट निकै राम्रो भएको कारण आफूले मिस्टर भर्जिनमा काम गरेको बताए । उता निर्माता प्रजापती सिवाकोटीले ‘मिस्टर भर्जिन’ राम्रो बनेको भन्दै दर्शकलाई एकपटक हेर्न आग्रह गरे ।
चलचित्र पूर्वाञ्चल वितरक तथा दमक पाथिभरा चलचित्र हलका प्रोपाइटर चैतन्य बरालले चलचित्रको प्रतिश्पर्धाको बेला ‘मिस्टर भर्जिन’ परक टेष्ट लिएर आएको बताए । उनले भदौ एकगते हलमा भर्जिन हेर्न गेट खुल्ला रहेको भन्दै सञ्चारकर्मीहरुलाई निमन्त्रणापनि दिए ।
वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह–निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here