प्रदेशमा स्वास्थ्य कार्यालयका ३५ डिभिजन

0
292

दमक/ अब सवै जिल्लाका जनस्वास्थ्यको साटो ३५ ओटा डिभिजन कार्यालयले स्वास्थ्य क्षेत्रको नियमन गर्ने छन् । जिल्ला संरचनामा रहेको ७७ वटै जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयलाई खारेज गरी सरकारले प्रदेश सरकार मातहतमा ३५ वटा डिभिजन कार्यालय राख्ने गरी संरचना पारित गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालयहरुको खारेजीसँगै स्वास्थ्य सम्बन्धि संस्थाहरुको नयाँ संरचना तयार भएको छ ।३५ वटै डिभिजन कार्यालय प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय अन्र्तगत रहने छनर ती डिभिजन कार्यालयले तोकिएका जिल्लाबीच समन्वय गरी काम गर्ने गरी संरचना तयार गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले तयार गरेको संरचना मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै १ असोजबाट जिल्ला संरचना नरहने पक्का भएको स्वास्थ्य मन्त्रालय योजना महाशाखाका उपसचिव लिला पौडेलले बताए। सरकारले गत चैतमा नै जिल्ला संरचना खारेज गर्ने निर्णय गरेको थियो। तर स्वास्थ्य मन्त्रालयले नयाँ संरचना सो समय तयार गर्न नसक्दा दुई पटक स्वास्थ्यमन्त्री स्तरीय निर्णय गरी ६ महिनालाई पर सारिएको हो ।
अब नयाँ संरचना पास भएसँगै कर्मचारी पदस्थापन गरी असोजबाट नयाँ ढाँचामा काम अगाडि बढ्ने स्वास्थ्य मन्त्रीका स्वकीय सचिव महेश चौरसीयाले बताए। नयाँ संरचना अनुसार प्रदेश नम्बर १ मा पाचथर, तेह्रथुम, उदयपुर, मोरङ, ओखलढुंगा र धनकुटा गरी ६ वटा डिभिजन कार्यलय रहनेछन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here