विजुली नहुँदा मोवाइलपनि चलेनन्

0
379

साउन १३, २०७५ ,फाकफोकथुम / धेरैदिन विजुली नआउँदा गाउँमा फोन चार्ज मुख्य समस्या बन्न थालेको छ । फाकफोकथुम गाउँपालिका साबिक फुएतप्पामा थावा खोला लघु जलविद्युत आयोजनाको पावर हाउसमा जेनेरटर खराबिको कारण उपभोक्ताहरू अन्धाकारमा बस्न बाध्य भएका छन् । साविक फुयतप्पा एक, दुई, तिन र चार विद्युत उपभोक्ताहरु साउन २ गते देखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।
२०७० सालमा सम्पन्न भएको आयोजना निर्माणको काम तेज इनर्जी कम्पनी ले ठेक्का पाएको थियो । निर्माण भएको एक वर्ष नहुँदै टरवैनमा पटक पकट समस्या आएकोले जेनेरटर ममर्त सम्भार गर्न लाखौं खर्च भएपछि हाल आएर यस आयोजनामा आर्थीक संकट परेको छ ।
पटक पटक मर्मत संभार गर्नु परेकाले आर्थिक समस्या सिर्जना भएको हो । जसका कारण १ सय ५७ घर धुरीका उपभोक्ताहरू अन्धाकारमा बस्न बाध्य भएका छन् । मर्मत खर्च नभएको अबस्थाले गर्दा बत्ती बाल्नको लागि समाधानको लागि पहल भइरहेको थावा खोला आयोजनाका अध्यक्ष कर्ण बहादुर राईले बताए ।

बिजुली नभएपछि ब्यसायीहरु मारमा परको छन् । विद्युत नहुँदा ब्यवसाय गर्न समस्या आउँन थालेको कुखुरा ब्यवसायी जगत लिम्बुले बताए । स्थानीय स्तरमा धान कुटानी मिल नचल्दा यस क्षेत्रका बासिन्दा कुटानी पिसानीका लागि दुई घण्टा टाढा बोकेर पुर्याउने गरेका छन् भने र पालो पर्खेर पिसानी गरेर ल्याउनू पस्ने सास्ति खेप्नु परेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here