टिचर्स डे अर्थात गुरु पूर्णीमा मनाइदै

0
384

साउन ११, २०७५ / सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ। गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ।

आषाढ शुक्ल पूर्णिमा। सनातन धर्मावलम्बीहरू ज्ञान दिने गुरुको सम्मान गरी शुक्रबार गुरुपूर्णिमा मनाउँदैछन्। असारमै पर्नुपर्ने यो पर्व याे वर्ष जेठमा अधिक(मल)मास परेका कारण साउनमा अाइपुगेको हो। मनुस्मृतिमा जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ। ‘जसले अरुलाई आचरणमा राख्छ र अाफू पनि आचरणमा बस्छ’, स्मृतिमा भनिएको छ, ‘त्यो नै गुरु हो।’ व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ।

 ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ। वैदिक परम्परामा व्यक्तिको चरित्रनिर्माण र ज्ञानप्राप्तिमा माता र पितापछि आचार्य अर्थात् गुरुको मुख्य भूमिका रहने मानिएको छ। शुक्रबार नै पौराणिक ग्रन्थ रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ।

व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको स्व. शिवराज अाचार्य कौण्डिन्न्यायनको पुस्तक ‘वैदिक धर्म मूल रूपमा’ उल्लेख छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here