डा.केसी र सरकारबीचको वार्ता विफल

0
216
?????????????????????????????????????????????????????????

९ श्रावण, २०७५ काठमाडाैं/ सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता आजपनि सहमतिमा पुग्न सकेन । सरकारी पक्षले डा.केसीले उठाएका मुख्य मागका विषयमा कुनैपनि कुरा गर्न नचाहेपछि आज दोस्रो पटक पनि वार्ता सफल हुन नसकेको हो ।

डा केसीले चिकित्सा शिक्षा विधेयकका २५ वटा बुँदामा संशोधन गर्नुपर्ने माग राखेका छन् । तर, सरकारी टोली उक्त विषयमा प्रवेश नै गर्न नचाहेको केसी पक्षको भनाई छ । डा केसीका तर्फबाट वार्तामा सहभागी डा. अभिषेकराज सिंहका अनुसार सरकारी पक्ष केसीका मागमा गम्भिर रुपमा प्रस्तुत हुन नसकेकाले वार्ता विफल भएको हो ।

उनले सरकार गैरजिम्मेवार ढंगमा प्रस्तुत भएको आरोप लगाए । डा. केसीका माग पूरा गर्न आज दिउँसो साढे १ बजे पनि वार्ता भएको थियो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा धर्मकान्त बास्कोटा र डा दिव्यासिंह साहबीच बालुवाटारमा छलफल भएको थियो।

डा.केसी अनशन बसेको आज (बुधबार) २६ दिन पुगेको छ । डा. केसीको ७ बुँदे मागमा काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषय समावेश छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here