गौरादहको कृषि क्याम्पसलाई भौतिक तथा शैक्षिक स्तर उन्नती गरिने

0
210

गौरादह/ प्रदेश एक सरकारले प्राविधिक शिक्षालाई जोड दिने भएको छ । प्रदेश सरकारले झापाको गौरादहमा सुविधा सम्पन्न कृषि क्याम्पस निर्माण गर्ने भएको छ ।

त्रिभुवन विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त गौरादह कृषि क्याम्पसका रुपमा विकास गर्न लागेको हो । आज नवआगन्तुक बिद्यार्थीलार्ई स्वागत तथा कृषिकक्षाको एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले एक कार्यक्रमका बिच शुभारम्भ गरेका छन् ।

प्रदेशलाई प्राबिधिक शिक्षामा बिकास गर्न गौरादहको कृषि क्याम्पसलाई भौतिक तथा शैक्षिक स्तर उन्नती गरिने राईले बताए । उनले क्याम्पसको स्तर उन्नतीकालागि प्रदेश सरकारले एक करोड रुपैँया सहयोग गर्ने प्रतिबद्धता समेत जानकारी गराएका छन् ।

एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले गौरादहको कृषि क्याम्पसमा पशु बिज्ञानको अध्ययन अध्यापनकालागि समेत सम्बन्धित निकायसंग पहल भइरहेको कार्यक्रममा बताए ।

त्रिभूवन विश्व बिद्यालयले एक नम्वर प्रदेशकालागि अनुमति दिएको गौरादह कृषि क्याम्पस चालु आर्थीक वर्षमा ३ करोड रुपैँया बिनियोजन गरिने भएको छ । हाल क्याम्पस सञ्चालनका लागि १८ जना प्राध्यापक र ३० जना कर्मचारीको दरबन्दीको व्यवस्था गरिएको त्रिभूवन विश्व बिद्यालयका रजिस्टार डिल्लीमान उप्रेतीले जानकारी दिए ।

गौरादह कृषि क्याम्पसमा देशका ३५ जिल्लाबाट ५० जना विद्यार्थी अध्यनरत क्याम्पस प्रशासनले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here