‘चिमुसीचि’को टोलीले दियो दमकेलीलाई चुल्है निम्तो

0
517

दमक/ फिल्म ‘चिमुसीचि’को ट्रेलर रिलीज भएपछि बुधवार दमक आइपुगेको टोलीले पत्रकार सम्मेलन मार्फत चुल्है निम्तो गरेर फर्केको छ ।
चलचित्रको बारेमा जानकारी दिँदै चलचित्रको ट्रेलर हेरेर दर्शकले दिएको प्रतिक्रियाले चलचित्र सफल हुने निर्माण पक्षले बिश्वास लिएको बताएको छ । पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक दिनेश श्रेष्ठले नयाँ स्वाद र फरक खालको प्रस्तुतीले चलचित्र सफल बन्नेमा आफु ढुक्क रहेको बताए ।
कार्यक्रममा चलचित्र पूर्वाञ्चल डिस्टिब्यूटर चैतन्य बरालले माया र प्रेमको कथा भन्दा केहि फरक कथालाई दर्शकले रुचाउन थालेका बताए । उनले यो चलचित्रमा अरु भन्दा फरकपन केहि भएकाले फिल्म चल्नेमा शंका नरहेको बताए । कार्यक्रममा उपश्थित सबै कलाकारले आप्mनो रोलको बारेमा बताएका थिए ।
फिल्म चि मुसी चि साउन ११ गतेदेखि रिलिज हुँदैछ । यो यसै फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन ।
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here