दुर्घटनामा एकको मृत्यु, नौ घाइते

0
211

फिदिम/  बर्षा लागेसँगै बाटो विग्रिने क्रम बडेको छ भने दुर्घटना पनि बढ्दै गएका छन् । याङवरक गाउँपालिका–३ मा रहेको चैतेभीरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
याङवरक–१, च्याङ्थापुबाट सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे १ ज २०५१ नम्बरको जिप दुर्घटना हुँदा कैलाश अधिकारीको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी वामदेव गौतमले जानकारी दिए।
उनको ठेगाना भने खुलेको छैन। दुर्घटनामा परी जिपमा सवार अन्य नौ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइँदै गरेको प्रहरीले जनाएको छ। वर्षाका कारण सडक हिलाम्मे भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here