महिलालाई दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ

0
440

सखुवासभा / जिल्लाको पाँचखपन नगरपालिका-६ जलजला स्वास्थ्य चौकीमा कार्यरत दुईजना पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जलजला स्वास्थ्य चौकीका प्रमुख सलबहादुर श्रेष्ठ र सोही स्वास्थ्य चौकीमा कार्यरत उदयकुमार शाह रहेका छन्। पीडित महिलाले आफूलाई दुईजना मिलेर यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खाँदबारीमा उजुरी दिएकी थिइन्।

तर पीडित महिलाले उजुरी दिएको महिना दिनपछि मात्र प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका श्रेष्ठ र शाहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा खाँदबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here