इलामको रोङमा जीप दुर्घटना, ११ जना घाइते

0
312

इलाम, असार १९ / ताप्लेजुङबाट झापा आउँदै गरेको जीप ईलाममा दुर्घटना हुँदा एघार जना घाईते भएका छन् । मेची राजमार्ग अन्तरगत ईलामको रोङ गाउँपालिका ४ किटेनीमा मे १ ज २४१९ नम्बरको बलेरो जीप दुर्घटनामा परी एघार यात्रु घाईते भएको प्रहरी चौकी किटेनीले जनाएको छ ।

घाईते हुनेहरुमा जीपका चालक इलाम देउमाई नगरपालिका १ चमैता बस्ने दावा शेर्पा, ताप्लेजुङ फुङ्लिङ नगरपालिका ८ का याम कुमार गुरुङ, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका ४ का प्रकाश किरण दाहाल, झापा बुद्दशान्ति गाउँपालिका ८ बस्ने तेजमान लावती, पाँचथर हिलिहाङ गाउँपालिका ४ बस्ने मन बहादुर राना, उनकी छोरी बर्ष १३ की प्रसुन्न राना, ताप्लेजुङ फुङलिङ नगरपालिका ७ की गंगा गुरुङ, उनकी १७ महिनाको छोरा युकेश गुरुङ, ताप्लेजुङ फुङ्लिङ नगरपालिका ८ की कमला गुरुङ, झापा हल्दिबारी गाउँपालिका १ गोलधाप की अन्जु नेम्बाङ र पाँचथर फाल्गुनन्द गाउँपालिका ३ की रिजा नेम्बाङ रहेको बताईएको छ ।

घाईते सबैको झापाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ । घाईतेको अबस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here