एकैदिन दुई कृति विमोचन

0
391

दमक,१६ असार /   शनिवार दुई वटा साहित्यीक कृति विमोचन गरिएको छ । प्रतिभा निकेतनले प्रकाशित गरेको १५ औं समसायिक अंङक र पाँचथरकी गजलकार रचना लावतीले लेखेकी ‘स्मृति’ नामक गजल संग्रह छुट्टाछुट्टै कार्यक्रमका बीच विमोचन गरिएको हो ।

दमक बहुमुखी क्याम्पसमा प्रतिभा निकेतनले एक कार्यक्रम गरि कृतिको लोकापर्ण गर्याे भने शब्द खिमले दमक चौकको होटल एसजीमा एक कार्यक्रमका बीच श्रष्टा लावतीको गजल संग्रहको लोकापर्ण गरेको थियो ।
प्रतिभाले निकालेको कृतिको प्राज्ञ दधिराज सुवेदीले गरे भने लावतीको गजल संग्रह साहित्यकार टंक विकल्पले लोकापर्ण गरे ।
निकेतनले आयोजना गरेको कार्यक्रममा कृतिमाथि समिक्षा प्राध्यापक डाक्टर गोपाल भण्डारी र टिप्पणी अर्का प्राध्यापक डाक्टर गोपाल प्रसाद भण्डारी र प्राध्यापक धनञ्जय बाँस्कोटाले गरेका थिए । निकेतनका अध्यक्ष मेघराज तिम्सीनाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन राई, प्राध्यापक डाक्टर गोविन्द भट्टराई,प्राज्ञ विवस पोख्रेललगायतले मोफसलमा प्रतिभा निकेतनको साहित्यीक योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा दमक बहुमुखी क्याम्पसका सञ्चालक समितिका पूर्व अध्यक्ष पूर्णनन्द शर्मा, शिक्षासेवी मोहन भण्डारी, साहित्यकारहरु लगायतको उपस्थिति रहेको थियो । निकेतनले बर्सेनी विभिन्न विद्यामा साहित्यीक कृति प्रकाशन गरिआएको छ ।
यसैगरि शव्द खिमले आयोजना गरेको गजल संग्रह लोकापर्णमा कृतिमाथि साहित्यकार शिव रेग्मी ‘प्रणत’र कृष्ण उदाशीले समीक्षा गरेका थिए । साहित्यकार विराट किरातीको अध्यक्षतामा भएको सो कार्यक्रममा महफिल गजल साँझको समेत आयोजना गरिएको थियो । महफिल गजल साँझको दोश्रो श्रृङखलामा दमकका बाटोघरे कान्छा, विर्तामोडकी सपना भट्टराई र इटहरीका श्रष्टा डिवी गजलले आ–आफनो गजलहरु वाचन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here