अफिस टाइम भन्दा अघिनै हाजिर गरेर डाक्टरले अस्पताल छोडेर निजि काममा

0
321

दमक/ अफिस समय भन्दा अगावै उपस्थिति पुस्तीकामा हाजिर गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन बिराटनगर तिर हिँडेपछि दमक स्थित सरकारी अस्पतालमा सेवाग्राहीहरु समस्यामा परेका छन् । शुक्रबार दमकमा अस्पतालका मेडिक सुपरिटेन्डेन डाक्टर बिपिन पाण्डे बिहानै उपिस्थिती पुस्तिकामा हाजिर गरेर बिराटनगर हिँडेपछि अस्पतालमा आएका बिरामीहरु मर्कामा परेका हुन ।
डाक्टर पाण्डे नहुँदा दमक ७ का कर्ण सुन्दाशको शबलाई पोष्ट मार्टम गर्ननै समस्या भएको जनाईएको छ । हिँजो साँझ ल्याईएको सुन्दाशको शब बिहान सम्म पनि पोष्टमार्टम हुन नसकेपछि आफन्तले बिरोध गरेका थिए । बिहान ११ बजे पछि सम्म पनि पोष्टमार्टम नगरेको अस्पतालले ११ बजे पछि अन्तै लैजान आग्रह गरेको थियो । तर आफन्तको बिरोध पछि करिब १२ बजे तिर मात्रै शबको पोष्टमार्टम भएको जनाईएको छ ।
अस्पतालका अध्यक्ष जिवन शिवाकोटीले प्रसासनमा कुनै जानकारी नदिई र बिदा नलिई हिँडेकोले काममा समस्या आएको बताए । आफुले फोन गरेर सोद्धा काम परेर बिराटनगर हिँडेको भन्ने जवाफ पाएकोले आएपछि स्पष्टिकरण सोध्ने अध्यक्ष शिवाकोटीले बताए । उता अस्पतालका मेसु डाक्टर पाण्डेले भने आफु रातभर अस्पतालमै डिउटी गरेर बिराटनगर हिँडेको र अफिसकै कामले आएकोले हाजिर गरेर हिँडेको जवाफ दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here