आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको अध्यक्षमा हुकुमसिंह राई

0
261

दमक,२९ चैत/ झापाको कमल गाँउपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको अध्यक्षमा हुकुमसिंह राई चुनिएका छन् । विहिबार सम्पन्न प्रथम अधिबेशनको बन्द सत्रले राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चुनिएको हो ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा दमक जवेगु,महासचिवमा दिपेनवाला राई,सचिवमा सुसन राई र कोषाध्यक्षमा विष्णु भट्टराई चुनिएका छन् ।

यसैगरि सदस्यहरुमा मनकुमारी बेघा,जीतबहादुर राई,भीमराज राई,चन्द्रकला सुब्बा, भोजकुमार राई ,चन्द्रप्रसाद ताजपुरिया,पाण्डव माँझी,सन्तकुमार कार्की ( सन्तोष ) हरिदेवी राई र दिपक न्यौपाने चुनिएको गठित निर्वाचन समितिका संयोजक अधिबक्ता विमल संग्रौलाले जानकारी दिए । निर्वाचित समितिलाई विहिबारनै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here