पुँजीवाद पिठो बेच्न सिपालु

10

प्रदीप नेपाल

दुःखको कुरा विश्वयुद्धसँग कुनै सरोकार नभएको नेपालका साठी हजार युवाहरूले विश्वयुद्धको बलिबेदीमा आफूलाई होम्नुपर्यो ।
नेपाली सेना हुँदैनथ्यो भने हिटलरलाई बेलायती सेनाले हराउन सक्ने थिएन । तर पुँजीवादको बलियो खम्बा भएको बेलायतले कहिल्यै नेपाली सेनाको यस्ता वीरतापूर्ण कारवाहीको सम्मान गरेन ।

पुँजीवाद आएकोमा धेरै नेपालीहरू खुसी भयौँ तर पुँजीवाद सबैभन्दा स्वार्थी, अपराधी र जनविरोधी राजनीतिक प्रणाली हो । संवेदना र भावना मरेको राजनीतिक प्रणाली हो। पुँजीवादमा धनीहरू झनझन् धनी हुँदा छन् र गरिवहरू झनझन् गरिव भइरहेका छन् । यो चक्र पुँजीवादी व्यवस्था भएसम्म रहिरहनेछ । पुँजीवादलाई मनपर्ने चरित्र भनेको युद्ध हो । पहिलो विश्वयुद्ध युरोपका उपनिवेशवादी मुलुकहरूको आपसी झगडाका कारण भएको थियो । दोस्रो विश्वयुद्धले संसारलाई दग्ध बनायो। तर राम्रो के भयो भने विश्वयुद्धका थालनीकर्तालाई पराजित गरे प्रतिपक्षीहरूले। सुरु भएको झण्डै छ वर्षपछि त्यसको अन्त्येष्टि भयो। तर दुःखको कुरा विश्वयुद्धसँग कुनै सरोकार नभएको नेपालका साठी हजार युवाहरूले विश्वयुद्धको बलिबेदीमा आफूलाई होम्नुपर्यो ।
नेपाली सेना हुँदैनथ्यो भने हिटलरलाई बेलायती सेनाले हराउन सक्ने थिएन । तर पुँजीवादको बलियो खम्बा भएको बेलायतले कहिल्यै नेपाली सेनाको यस्ता वीरतापूर्ण कारवाहीको सम्मान गरेन । त्यसैले कम्तीमा पनि नेपाली सेनाको कामको सम्मान होस् भनेर अहिले पनि भूतपूर्व गोर्खा सैनिकहरूले बेलायतमा शान्तिपूर्ण आन्दोलन गरिरहनुपरेको छ । दोस्रो विश्वयुद्धको समाप्ति नै पुँजीवादी युद्धको समाप्ति भएन । अमेरिकाले भियतनाममा आक्रमण गर्यो । उसले त्यहाँ दोस्रो विश्वयुद्धमा खसालेको भन्दा दोब्बर बम खसाल्यो । बस्तीका बस्ती, गाउँमा खसालेका ती बमका गोलाहरू कति जनधनको विनास गर्यो होला, अहिले अनुमान गर्न सकिन्न । तर अमेरिका भियतनाममा पराजित भयो र आफ्ना आधा लाख सैनिक चिहानमा पुर्दै फनक्क फर्किएर अमेरिकातिर लाग्यो। त्यसभन्दा अघि अमेरिकाले उत्तर कोरियाली भूभागमा बम खसाल्यो। ध्वस्त भए शहरहरू । बमले उडाइए गाउँहरू । अन्त्यमा कोरियालाई विभाजित गरेपछि अमेरिका चुप लागेर बस्यो । अहिले राजनीतिक र नैतिक हिसाबले पराजित भइसक्दा पनि अमेरिकाले उत्तर कोरियाका विरुद्ध आफ्नो भाषण युद्ध छोड्न सकेको छैन। सबैभन्दा पछिल्लो समय मध्यपूर्व दनदनाएर बलेको छ। यसको पछाडि पनि अमेरिकाको हात छ । किन ? कोही पनि यसको उत्तर दिन तयार छैनन्। दोस्रो विश्वयुद्धका विजेता राष्ट्रहरूले बनाएको संयुक्त राष्ट्रसंघ पनि यस्ता नरसंहारकारी युद्धप्रति मौन दर्शक भएर अमेरिकाको म्यानहटनमा ठिंग उभिएको छ । किन ? किनभने अहिले पनि पुँजीवादी मुलुकहरू विश्वलाई आफ्नो क्रीडास्थल ठान्छन् र विश्वको जुनसुकै कुनामा रैँदालो मच्चाउनु आफ्नो अधिकार हो भन्ने तर्क अघि सार्छन् । एकपटक बलियो भएको अन्तर्राष्ट्रिय असंलग्न आन्दोलन सारतः साम्राज्यवादविरोधी थियो । तर तत्कालको समाजवादले यसलाई बुझ्न र सघाउन सकेन । त्यसैले पुँजीवादलाई पराजित गर्ने एउटा अवसर समाजवादले गुमायो । समाजवादी चिन्तकहरूले समाज विकासको वैज्ञानिक नियमको आधारमा पुँजीवादपछि समाजवाद आउँछ भने । तर तिनले भनेजसरी पुँजीवादको गर्भबाट समाजवाद जन्मिएन । पुँजीवादको गर्भबाट पुँजीवादै जन्मियो । पुँजीवादले पुँजीवादलाई नै जन्माएको हुनाले पुँजीवाद मरेन । कहिले त्यो उदार भयो, कहिले त्यो अतिवादी भयो, कहिले त्यो राष्ट्रवादी भयो । धेरैजसो त्यो आक्रमणकारी भयो । पछिल्ला समाजवादीहरूले पुँजीवादको यो नाटकलाई बुझ्न सकेनन् । त्यसैले समाजवादी मुलुकले पुँजीवाद तथा साम्राज्यवादविरोधी शक्तिलाई बल प्रदान गर्न सकेनन् । एकपटक बलियो भएको अन्तर्राष्ट्रिय असंलग्न आन्दोलन सारतः साम्राज्यवादविरोधी थियो । तर तत्कालको समाजवादले यसलाई बुझ्न र सघाउन सकेन । त्यसैले पुँजीवादलाई पराजित गर्ने एउटा अवसर समाजवादले गुमायो । ढललाई पानीमा मिसाएर त्यसलाई पानी हो भन्ने क्षमता पुँजीवादसँग छ । समाजवादसँग त्यो क्षमता छैन । ऊ आफ्ना राम्रा कामहरूको प्रचार गर्न पनि जान्दैन । यो कुनै आरोप होइन । पुँजीवादीहरूले प्लास्टिकको प्रवद्र्धन गरे । सारा संसार प्लास्टिकमय भयो । आफूले प्लाष्टिक उत्पादनबाट खर्बाैं डलर कमाइसकेपछि पुँजीवादका वैज्ञानिकहरूले प्लास्टिक संसारको सबैभन्दा फोहोर, स्वास्थ्यविरोधी उत्पादन हो भनेर आतंक पैmलाए । के तिनलाई उत्पादनको आरम्भमै यो जानकारी थिएन ? थियो । तर तिनले पुँजीवादी साहुहरूका लागि सत्य लुकाएर प्लास्टिक प्रवद्र्धन गरे । मैले चिनी रोगसम्बन्धी अनुसन्धानको एउटा रिपोर्ट पढेको थिएँ कुनै अंग्रेजी खबर कागजमा । पहिले ‘सुगर लेभल’ १४० थियो रे ! अर्थात १३० हुँदासम्म पनि डराइहाल्नु नपर्ने । पछि त्यो लेभल १२५ मा झरेछ अनायास । कारण खोज्दै जाँदा के पत्ता लागेछ भने त्यो सुगर लेभल नाप्ने नयाँ अनुसन्धाताको एघार जनाको टिममा आठ जनाचाहिँ सुगर औषधि उत्पादन गर्ने कम्पनीका सल्लाहकार थिए रे ! यो मैले पढेको कुरा हो । पुँजीवाद यस्तो अपराधलाई अपराध मान्दैन तर समाजवादीहरू आफ्ना राम्रा कामहरूको प्रचार पनि गर्न सक्दैनन् । क्युवाको स्वास्थ्य सेवा संसारको सबैभन्दा उन्नत छ रे ! यो मैले क्युवा भ्रमण गरेर फर्किएका डाक्टरहरूबाट सुनेको कुरा हो । तर धनी र सरकारी नेपालीहरू आफ्नो रोगको उपचार गराउन अमेरिकाको न्यूयोर्क जान्छन् तर जाँदैनन् कोही क्युवा । उत्तर कोरिया (प्रजातान्त्रिक जनगणतन्त्र कोरिया)को वर्तमान परिचय एउटा डरलाग्दोे तानाशाहको शासन भएको छ । तर मैले १० जनाजति सर्जकको संस्मरण पढेँ उत्तर कोरिया भ्रमणको । उनीहरूको लेखनीअनुसार उत्तर कोरिया केटाकेटीहरूको स्वर्ग हो । मान्छे हँसिला खुसिला नै देखिन्छ । जता गयो त्यतै फराकिलो बाटो मात्र देखिन्छ । ठूलाठूला होटलहरू छन् । नाचगान पनि भएकै छन् । यो ती सर्जकहरूको व्यक्तिगत भोगाइको अभिव्यक्ति हो । उसै पनि अन्तर्राष्ट्रिय खेलहरूमा उत्तर कोरियाको स्थिति हाम्रो जस्तो निराशाजनक छैन । खानै नपाउने गरिब भएका भए तिनले यस्तो उपलब्धि पाउने पनि थिएनन् म स्वयम्ले दुई शत्रु राष्ट्र उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाको भ्रमण गरेको छु । उत्तर कोरियामा म गाडीमा गुडेँ । रेल चढेँ । ढुंगाबाट कपडा उत्पादन गर्ने कारखाना पनि देखेँ र एउटा गहु्रँगो सेतो साडी पनि किनेँ । म गाउँ पुगेँ । गाउँको रेल स्टेशनमा झण्डै एक घण्टा आराम गरेँ । लुम्फिनी (भनेको हाम्रो लुम्बिनी) पार्क पनि पुगेँ । तर, मैले कतै माग्ने भेटिनँ । सन् २००० मा म अमेरिका पुगेँ । वासिंटनको डुपोण्ट सर्कलमा ‘वन डलर प्लिज’ भन्ने माग्ने भेटेँ । तातो पानीका ढलहरूमाथि वाफ तापिरहेका बुढाबुढीहरू पनि भेटेँ । अर्थात पुँजीवाद पिठो बेच्न सिपालु छ, समाजवाद चामल बेच्न पनि जान्दैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्